"धोका"
तिमीले धोका दिई सक्यौ मलाई आश अब नदेखाउ
मेरो त मनमा काडा है बिझ्यो दोष अब नलुकाउ
तिमीले मलाई भाला र छुरी उपहार दियौनी 
उजाड मेरो कोमल दिलमा  बास कस्ले गर्छनी
माया र प्रेम मलाई किन खञ्जर भै सक्यो
मृत्युको लागि पर्खेर बस्छु  प्राण मेरो गै सक्यो
चोट र पीडा भाग्य नै मेरो अरु के पाउला र ?
निभेको दियो सल्काउन खोज्दा खै अव बल्ला र ?
मेरो यो दिलको आगोको ज्वाला निभ्न खै लागे न 
तिम्रो त्यो तस्बिर मुटुमा बस्यो मेटीन आटेन
मायाको ठाउमा पीडाले भर्यो अब के गर्नु छ 
यो खोक्रो मुटु भित्र त अब मायाले भर्नु छ ।
किरण न्यौपाने
गोगने ४ भोजपुर
हालः बिराटनगर १ पुष्पलाल चौक
बिराटनगर
कार्यरतः बिराटनगर उपमहानगरपालिका कार्यालय

 
 
 
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)