geet gajal

गजल



परदेशीलाई,,,,,,!

वर्ष दिनमा एकपटक आउने चाड हो यो हजुर ।
घर सम्झी तिमी आएनौमनहरु रोयो हजुर ।

पर्खिएर बसेकी छिन् दिन गन्दै तिम्री चेली
आइदेउ बिन्ति सयपत्री वैलाउदै गयो हजुर ।

हिजो जमरा वैलायो आज मखमली नी वैलाउदैछ
साँझकी बत्तिडाँडाकी जून आमाको मन रोयो हजुर ।

उसैगरि मार्सिधान झुल्दैछन् आलि भिर
देउसी भैलो बालान सगुन रिक्तताले छोयो हजुर ।

दिन ढल्योसाँझ पर् यो मुलबाटो ताक्दा-ताक्दै
चौतारीमा वर र पिपल एक्ला-एक्लै भोयो हजुर ।

लेक बेसी रोदी झ्याउरे बिनायोको धुन रुदा
प्रेयसीको पछ्यौरी यो आँशुले धोयो हजुर
घर सम्झी तिमी आएनौमनहरु रोयो हजुर ।

रजनी राई "रजु"
गोगने ९ भोजपुर
हालः  सुकुना क्याम्पस
मोरङ्

1 comment:

  1. इन्द्र पुनOctober 18, 2009 at 8:47 AM

    आहा रजनी जी,कती मिठो गजल

    धेरै दिनको अन्तराल पछी पदन पाईयो तपाईको रचना,
    सारै राम्रो लाग्यो मन छुयो, के गर्ने आउने त भनिन्छ
    खै के ले रोकेको छ के ले समातेको छ थाहाछैन.....

    बदाई छ यती मिठो प्रस्तुतीको लागी बरु निरन्तर पदनपाउँ
    दिपावलीको मंगलमय शुभ कामना.....

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)