geet gajal

गिती गजल


काँडा छोडी फूलटिप्ने‏

काँडा छोडी फूलटिप्ने रहेछ तिम्रो मिठो बानी
केही भन्न खोज्दा खेरी टाढा हुन्छौ लाज मानी

लाग्यो आज किन मलाई लुकीछिपी हेर्ने बानी
आँखा बाट झाँरी देउँकी आँसुको थोपा ठानी

मनभित्र सजाई देउँकी जिन्दगीको याद मानी
कुनरुप देउँ भन सुन्दरताको प्रतिक जानी

कलेजीमा बास बस्यौ तिमी जानी नजानी
मैले पनि आफ्नो माने तिमीलाई नचिनी

जीउँने आधार बन्यौ तिमी भूली दिन पनी
त्यसैले त अल्झी दिएँ कुनै लाजै नमानी

गीता थापा (दोषी)
बेलबारी मोरङ
ईजरायल

1 comment:

  1. swarthi duniya yastai chha gita g, k garne kadam kadam maa yaad rakhnu parchha

    Abiral Ashu
    Nepal

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)