geet gajal

गज़ल

रापले बलेछु...........!

तिम्रो मायाँको रापले बलेछु||
तिम्रै छायाँको चापले बलेछु||

याद सायद नआएनी हुन्थ्यो
अन्जान भूलको पापले बलेछु||

रात-दिन पोल्छ यो मन यहाँ
तिमीले छोएको छापले बलेछु||

ब्याथा माथि ब्याथा थपिन्दैछ
चिन्ताको हुरी बाफले बलेछु||

झुठा भएछन बाचा कसम
तिम्रो चिठीको खापले बलेछु||

गह भरिको आँसू पुछ्दै म
पलपल पश्याताप्ले बलेछु||

खोइ! कसलाई कसरी सोधुँ
अन्तर प्रस्न बिलापले बलेछु||

मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल

6 comments:

  1. मिना जी जे जसरि बलेता पनि आफ्नो सुन्दर भबिष्य नाबिगार्नु होला हुन त जे जति छन् ति सबै गजलको शेरहरुमा मात्र सिमित छन् तर पनि कहिले कहिँ तिनै गजलका गजलका शेर संग यी भाबहरु मेल खान सक्छन ! मिना जी बास्तबमै हजुरको गजलले यथार्थता बोकेको छ मलाई हजुरको गजल एकदम राम्रो लाग्यो आँउदा दिनहरुमा पनि यस्तै मर्म स्पर्सी गजलका साथ झुल्की रहनु हजुरलाई अग्रिम शुभकामना छ !! राजु कुँवर shyangjali@yahoo.com

    ReplyDelete
  2. derai ramro 6 bahiniko gajal yaso gari nai lekhi rahanuhola,,
    shubhakamana.

    Ranjit Rai

    ReplyDelete
  3. राजु कूँवर जी मेरो गज़ल मन पराई दिनु भैं हौसल्लह दिनु भएको मा धेरै धन्यबाद छ यहाको जय होस्

    ReplyDelete
  4. रन्jit जी यहाँलाई पनि मेरो गज़ल प्रतिक्रियाको लागि र हौस्ल्लाह्को लागि धेरै धन्यबाद छ जय होस्

    ReplyDelete
  5. mitho gajal chha yahako, thanks
    raj robat "ajnabi"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)