geet gajal

गजल

रित्तिएको खाली ठाउँ‏

रित्तिएको खाली ठाउँ भर्न मन लाग्यो|
जीवनरुपी जंघार सँगै तर्न मन लाग्यो|

एक वारको जूनी हजुर फेरी पाइन्न रें
खुशी सँग सम्झौता पो गर्न मन लाग्यो|

अन्धाकारमा डुबेर उज्यालोलाई भूलेकिथें
फेरी जुन बनि ज्योति छर्न मन लाग्यो|

आरोह र अवरोहका धेरै उताव चढावहरु
सबै त्यागी आँगनीमा सर्न मन लाग्यो|

सुवाश छर्ने बगैंचाको सप्तरंगी फूल बनि
एकचोटि लटरम्मै फूली झर्न मन लाग्यो|

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल इजरायल

4 comments:

  1. k garnu gita g, tapaiko gajal here pachi malai pani gajal; lekhna man lagyo tara aamdaina k re, tyasaile tapaiko herera man bujhaye hai, yastai rachanaharu feri feri padhna pam..

    ReplyDelete
  2. hus suman ji. yahako ashish lagosa tara koshisa garnusa na garyo chhaina! thank you so mush for the nice comment.

    ReplyDelete
  3. गीता जी हजुरको गजल पढ्ने मौका पायं सारै राम्रो लाग्यो ! हुनत म एक गजल प्रेमी मान्छे हु तेसैले गजल हरु खोजि खोजि पढ्ने गर्छु ! अकास्मात गजल हरु हेर्ने क्रममा मेरो आखा भोजपुर को साइडमा पर्यो सबै गजलहरु हेरे सबै राम्रो लाग्यो तेस्मा पनि हजुर को यो गजल मलाई सारै राम्रो लाग्यो मेरो मन छोयर पो हो कि ??? "रित्तियको खाली ठाउँ भर्न मन लाग्यो, जीवनरुपी जंघार संगै तर्न मन लाग्यो " यो हरफ ले सचि नै मलाई पनि खी लेखु लेखु बनायो ! राम्रो छ आउदा दिन हरुमा पनि यस्तै यस्तै गजलहरु लियर आउनु सफलता को कामना ! राजु कुँवर श्यांग्जा इमेल :shyangjali@yahoo.com हाल साउदी अरेबिया

    ReplyDelete
  4. Gita G, Malai pani tapaiko gajal sarai mitho lagyo.Bidesma rahera pani gajalma samarpit hunuvayekoma dhanyebad.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)