geet gajal

गजल

"गजल"
सुन्दरताको घमण्डले फुलिएर सधै सधै
धैर्यताको वाँध नाघ्यौं चुलिएर सधै सधै ।

गाह्रो भायो बुझ्नलाई मायारुपी जालहरु
भन्थ्यौ बस्छु त्यो मन भित्र घुलिएर सधै सधै ।

कस्तो कस्तो जीन्दगी यो यात्रा अनौठो
बाँच्नै पर्ने बाचा सँगै भुलिएर सधै सधै ।

मान्छे एउटै भए पनि रैछन् तिम्रा रुप अनेक
सुवास छर्दैं हिड्ने रहिछ्यौ कू लिएर सधै सधै ।

सुन्दरताको घमण्डले फुलिएर सधै सधै
धैर्यताको वाँध नाघ्यौं चुलिएर सधै सधै ।

पर्शु "पृथक"
इन्द्रपुर -३ त्रिवेनी चौक, मोरङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)