geet gajal

गजल



मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला

न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला

नाम लिई बोलाउने मनको चाह मन नै रह्यो
कर्म रैछ सिसा जस्तो फुटेको त सुन्थ्यौ होला

खरानीमा देह मिल्यो भाँचीगए सपना पनि
जीवित भए मेरो ब्याथा तिम्रो मनले गुन्थ्यौ होला

न त मसाल छुन पाएँ न त पानी मुखमा हाल्न
दागबत्ती दिन पाइन पवित्र त हुन्थ्यौ होला

-मनोज काफ्ले 'मनसुन'
हाल: कुवेत
Mobile:+96599646183

[सम्झना रहोस: यो गजल, गजलकारले आफ्नो साथी मिना थापाको भावनामा समर्पन गरेर कोरिएको हो।]

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)