geet gajal

गजल


"एकै छिनको बर्षादले"

एकै छिनको बर्षादले झुपडीको, मूल खाँवो नै भस्यो अरे
बाँसको टाटीले बुनेको बार न हो, हावा हुरी नै पस्यो अरे

पखेरामा भएपनि आफु जन्मेको घर्, कती रमाईलो थियो
चोयाले बाँधेको फुसको छानो, सानो हल्चलमा नै खस्यो अरे

वरिपरि छिमेकी सरी हरियो जंङ्गल, छाँगा, छहरा, झर्ना
पारी कञ्चनजंङ्घा यो विधि हेर्दा, उस्को'नि आँखा नै रस्यो अरे

बर्षदिनको चाडबाड् आयो भन्थे, आउँदा आउँदै गयो पनि
माछामासु खा'को साहुका ऋणले, आमा-बा'लाई नै कस्यो अरे

डाँडापरी छ त्यो एउटा सानो स्कूल, पढाई हुँदैन नि:शूल्क
कलम् कापी नभएर भाइ, रुँदै-रुँदै कौशीमा नै बस्यो अरे

खेतबारी पै'रो गयो पोहोर् साल, काम गरी खाने ठाउँ छैन
अनिकाल अनी महमारीमा, पुरै गाउँघर नै फस्यो अरे।

अर्जुन दुङ्मेन्,
बगदाद,इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)