ब्यथाहरु कति-कति छात्ति भित्रै लेख्दैछौ होला
अतितको मृगातृष्णामा आँशुले प्यास मेट्दैछौ होला ।
मान्छेको मन न हो यादहरु बल्झीएर खस्दा नै रैछन् आँशु त
आँशुले भिजेका मेरा चिट्ठिहरुलाई जुनको उज्यालोमा सेक्दैछौ होला।
अतितको सम्झनामा क्षितिजपारी बहकिएको मनहरुलाई
मैले जस्तै तिमीले पनि धैर्यताको तारले छेक्दैछौ होला ।
तर नसोच कहिल्यै पनि हामी टाढा छौ भनेर
आखिर मैले टेकेको धर्ती नै त तिमीले पनि टेक्दैछौ होला।
नपत्याए राति हेर आकासमा
मैले देख्ने जून तारा तिम्लेपनि देख्दैछौ होला ।
रजनी राई (रजु)
गोगने-९ भोजपुर
हालः सुकुना ब. क्याम्पस मोरङ्ग बि.एड दोस्रो बर्ष
Subscribe to:
Post Comments (Atom)
अतितको सम्झनामा क्षितिजपारी बहकिएको मनहरुलाई
ReplyDeleteमैले जस्तै तिमीले पनि धैर्यताको तारले छेक्दैछौ होला ।
bahut khoob ....!!
रजनी राई (रजु) ji ko bdhai ..!!
Aap ko hamaaraa blog main aagaman ke liye bahut bahut sukriyaa Harkirat Haqeer jee.
ReplyDeletehi rajani very nice gajal keep it up.
ReplyDeleteYogendra
नमस्कार रजनीजी,
ReplyDeleteनरिसाउनुहोला एउटा कुरा भन्छु म,हुनत म गजलकार होईन पाठक मात्र हुँ।त्यसैले ठोकुवा गर्न पनी मिल्दैन तरपनी सबै थिक थाक हुदा हुदैपनी मिटरमा अली ध्यान दिनुभएन जस्तो लाग्यो मलाई जस्ले गर्दा शेर हरु कोही लामा कोही छोता भएकाछन जो गजलको नियम भित्र पर्दैन।तर केही छैन शब्द छाँट कात गर्नु भयो भने दुई मिनेट मै सबै थिक भईहाल्छ।
के गर्ने छुचो ओँठ भनीहालेँ पाठकले लेखक लाई सिकाउने? नभन्नु होला। र पाठकहरुले पनी यात कोमेन्त नै नगर्ने गरेपछी साँचो भन्नु पर्यो नित बल्ल गल्ती थाहा हुन्छ। हुनत मैलेपनी भेरी नाईस भन्दिए मेरो के जान्छर तर मेरो मनले मानर्दैन राम्रो लाई नराम्रो र नराम्रोलाई राम्रो भन्न।
फेरी पनी भन्छु यो छटाई कताई मिलाउनु भयो भने उत्कृष्त गजल रचना गर्न सक्नु हुन्छ तपाई र आगामी दिनहरुमा त्यही निरन्तर पदनपाउँ लाखौं लाख शुभकामना.....
इन्द्र पुन जी साधरण पाठक भएर किन ईन्द्र पुन बनिरहनु हुन्छ सिधै भन्द भै हाल्यो म यो भनेर र कमेन्टको लागी धन्यबाद। तपाईंको हो भनेर मलाई थाहा छ अहिले नै पर्दाफास नगरौ है त। तपाईंको कमेन्टहरु नाम चेन्ज गर्दै थुप्रै साईट मा भेटी सकेको छु तपाई त्यो ब्लगर हो मलाई थाहा छ तर नभनौ र इन्द्र पुन बन्दैमा अक्षरलाई अशुद्व बनाउन पर्दैन। म पनि अन्नोईमौस है त।
ReplyDeleteरजनी जी नमसकार,
ReplyDeleteधन्याबाद र नाम फेरेर कोमेन्त गर्नेको आरोप दिनु भको रहेछ,एक स्वीकार्छु एक स्वीकार्दैन किनकी म अहिले सम्म नाम फेरेर लेखेको छैन। म तपाईलाई गजलको दुनियाँमा नजानुस ळेख्न सक्नु हुन्न भनेकोहैन कि लामो छोतो मिलाउनुस मात्रै भनेको हो।पहिलेका तपाईका गजलहरु एकदमै राम्रा छन त्यसैले लेखन सक्नुहुन्छ यो पक्का हो।
के गर्नु भोजपुरे ब्लग नहेरे सम्म खाना नै पच्दैन,त्यसैले नआईरहन सक्दैन,बरु कोमेन्त चै गर्दैन अबदेखी। सरी....