geet gajal

गजल

स्वाभीमानी नेपालीको ...............

उसको आफ्नै आकासमा जून लुटिदै छ
सुस्ता अनि कालापानी पुनः लुटिदै छ

पारदर्शी लवाजभित्र खै ! के लुकाएर
नौमति र मुर्चुङ्गाको धुन लुटिदै छ

दासत्वको बन्धनभित्र पारी जनतालाई
ढाकरबाटै मूलबाटोमा नुन लुटिदै छ

आशा ठूलो देखाएर खासा खुल्ला गरी
चौबन्दी र फरियाको उन लुटिदै छ

जोसिलो त्यो प्रहरमा झट्ट होर हराउँदा
स्वाभीमानी नेपालीको खुन लुटिदै छ ।

-एकराज दोसाँध
धितुङ-३ खोटाङ
हालः डाँगीहाट मोरङ

2 comments:

  1. Out standing, muwaaaa, sukriyaa dosta, I like it I can understand nepali words but i can't reply by nepali I love nepal and Neplies ppl. keep it up friend.

    ReplyDelete
  2. एकदमै राम्रो एकराज सर,
    बदाई छ देश रोईरहेको बेला यस्तै आवाजहरु आउनु पर्छ। निरन्तर लेख्दै जानुस...

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)