geet gajal

गजल

यौवन

लालु पाते उमेर रैछ चार आँखा जुधाई दिऊ कि
यौवन छोप्ने पछ्यौरीलाई हावा बनि उडाई दिऊ कि

नशा भित्रै नशा छायो तनमा मनमा जता ततै
यौवन बग्ने सागर माझ एकै पल्ट डुबाई दिऊ कि

ओ हो ! सुन्दरी त हुँदै होईनौ परी भन्दा अझै परी
मेला भर्ने निहुँ गरि बाटै बाटा हिडाई दिऊ कि

नशालु त्यो मगमस्त झुलेका ति यौवन देख्दा
यो दुई आँखाको हेराईले नै चोली तुना चुडाई दिऊ कि

दुर्गा राई भोजपुर
जरायोटार २ बसेरी
हाल ईराक बगदाद
- २०६६बैशाख १७

2 comments:

  1. वा वा कवी ज्यु, बिम्ब हरुको राम्रो प्रयोग गर्नुभएको छ । मिठास पनि छ यौबन को । तर जे गरे पनि उन को मन बुझेर मात्र गर्नु है साथी नत्र केस पर्ला

    ReplyDelete
  2. Kya dami creation.wa wa Rai jee congratulation chha hai.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)