geet gajal

गजल

सुर्य...!

डुली आकाशमै, आकाश नै हो उनको घर
जन्म मृत्युको जगतमा रै'छ उनैको भर

गर्दै लुकामारी पुग्छिन बेलुकी डिलमा,
सुती रातभरी उठ्ने बिहान छैन कसैको डर

उज्यालो फल हो छैन टिप्ने कसैको बल,
हुँदा संसार उज्यालो नहुँदा अध्यारो तर

निला दहमा सेता फूल देखिए पनि,
यौवनमा वालक भै जन्म लिदा भयङ्कर

डुली आकाशमै, आकाश नै हो उनको घर
जन्म मृत्युको जगतमा रै'छ उनैको भर ।

- कृष्ण ढुंगाना, तनहुँ
हाल : बघदाद, इराक

1 comment:

  1. Gajala damdadaara, chha krishna jee,lkhdai janu holaa hai.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)