geet gajal

गजल

तनको घाउ सबै देख्छन्, मनको घाउ देख्ने को छ?
नुन छर्ने त धेरै होलान, यो घाउलाई सेक्ने को छ?

आखिर अधुरो हुने नै भयो संसारको सपना पनि
कलमवीर धेरै होलान्, मेरो कथा लेख्ने को छ?

सुकेको तन दुखेको मन मुस्कान त यो बाध्यता हो,
सबै खोज्छन हरियाली उजाडमा टेक्ने को छ?

निराशताको जिन्दगीमा काँढा बन्छन फूलपनि,
पिंडा अनि चित्कारको, हुरी बतास छेक्ने को छ?

हृदयमा कालरात्री छायो अधुरै भो क्षितिज मेरो
शान्त्वनाको किरण मनमा भन अब फेक्ने को छ?

झलक कुमार रोकाया
धनगढी-१२, जुगेडा, कैलाली

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)