geet gajal

गजल

"गजल"

मेरै निम्ती जिन्दगीमा कति दु:ख गर्‍यौ आमा ।
भोक लाग्दा पानी खाइ रित्तो पेट भार्‍यौ आमा ।

घाम पानीले पोलेन है ढिकि जातो छोडिनौ है ।
सुख भन्ने पाइनौ कताइ दु:ख सँगै तार्‍यौ आमा।

आफ्नै घर मिठोखाना राम्रै लाउन चाहेपनि।
रहर कुल्चि कतिपल्ट आफनै काखमा झार्‍यौ आमा।

मेरो निम्ति तिमि जत्ति महान अरु कोहि छैन।
फुलाएर मलाइ तिमि जालि बत झार्‍यौ आमा।

पुछि दिन्छु आँशु एकदिन पौराखी म छोरो बनि।
काखमा राखी मुस्काउदै मिठो शुबास छार्‍यौ आमा।

दुर्गा भुसाल
माकर - ४ बाडिपिडित, उपहार नगर , नवलपरसी
हाल,दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)